काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।
यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरूले ‘जीआईबीएल–आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रू १५० सम्म) क्यासब्याक पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ ।