समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकि शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका संचालन विभाग प्रमुख चुडामणी खनालले जानकारी दिएका छन् ।







