काठमाडौं । नेपाल स्टक स्क्सचेञ्ज नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सोमबार नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछिको शेयरमूल्य एक हजार ३७५ रुपैैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार एक हजार ६५० रुपैयाँमा भएको थियो ।