राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ।
राष्ट्र बैंकले विभिन्न तीन अवधिको ट्रेजरी विल्स जारी गर्न लागेको हो।
२८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड बराबरको ऋणपत्र नवीकरण गर्न लागेको हो।
त्यस्तै, ३६४ दिने अवधिको सात अर्ब रूपैयाँ बराबरको नयाँ ऋणपत्र जारी गर्न लागेको हो।