ग्लोबल बैंक र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल बैंक र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरे। सम्झौता अनुरूप ढुवानी व्यवसायी महासंघ अन्तर्गतका संघका सदस्यहरूले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने कार्यका लागि अनिवार्य पर्फरमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फरमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन्। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो।

Read More
  • EBL Ad news