राष्ट्रिय बीमा संस्थानले आईपीओ जारी गरेर पूँजी पुर्याउने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
राष्ट्रिय बीमा संस्थानले आईपीओ जारी गरेर पूँजी पुर्याउने

सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको हो ।

बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गरेपश्चात संस्थान पब्लिक कम्पनीमा परिणत गर्ने तयारी थालेको संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठकले बताए । संस्थानको ५६ औं वार्षिक साधारण सभालाई संशोधन गर्दै सिइओ पाठकले उक्त जानकारी गराएका हुन् ।

'नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा व्यवसाय गर्ने संस्थाको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्नेछ । हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ ।' सिइओ पाठकले भने,'पूँजी बढाउन संस्थानले योजना बनाएर संस्थापकहरुलाई पूँजी थप्न पत्रचार गरिसकेको छ ।'

संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेगरी पूँजी वद्धिको योजना रहेको सिइओ पाठकको भनाई छ ।

संस्थानमा हाल नेपाल सरकारकाे २७.७८ प्रतिशत, नेपाल राष्ट्र बैंककाे ५५.५५ प्रतिशत र नेपाल बैंककाे १६.६७ प्रतिशत शेयर स्वामित्व रहेकाे छ । संस्थानले संस्थापकहरूलाई  पूँजी थप्न लगाएर सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी थालेकाे हाे ।

यस्तै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखा परिक्षण र बीमांकीय मुल्यांकन सम्पन्न भइसकेको आर्थिक वर्षको साधारण सभा समेत सम्पन्न गर्ने जानकारी गराए । बाँकी अवधिको लेखा परिक्षण र बीमांकीय मूल्यांकनको कार्य समेत छिटै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेले संस्थानको लेखा परिक्षण हुन नसकेकोमा सरकारले चासो राखेको जानकारी गराए ।

Read More
  • EBL Ad news