काठमाडौं । सिरहामा ग्लोबल आइएमई बैंक लुटिएको छ । बुधबार दिउँसो ३ बजे बैंकको सिरहामा बैंकका कर्मचारीको साथबाट ९ लाख रुपैयाँ लुटिएको हो ।
बैंकको मिर्चैया शाखाबाट कल्याणपुर शाखा कार्यालय लैजाँदै गरेको अवस्थामा कर्मचारीको साथबाट ९ लाख रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय सिराहका प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको हो । ...