काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
ग्लोबल आइएमई बैंकको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवैै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।