काठमाडौं : नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा समस्या भई समयमा कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई ऋण भुक्तानीमा लचकता अपनाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा-ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको हो । २०८० जेठ मसान्तसम्मका लागि यो सुविधा दिइएको छ ।