ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने छ । दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको बैंकले जनाएको छ ।