रहेनन् राष्ट्र बैंकका प्रथम गभर्नर


  • KBL News Ad
  • ADBL
  • City Express
रहेनन् राष्ट्र बैंकका प्रथम गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जंगबहादुर राणाको निधन भएको छ । राष्ट्र बैैंकको संस्थापक गभर्नर राणाको ९५ वर्षको उमेरमा आइतबार बिहान ६:३० बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी वि.सं. २०१३ बैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा कार्यरत रहेका थिए । त्यसअघि उनी २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेको थिए ।

उनै राणाले तत्कालीन समयमा भारतीय मुद्रा मात्रै प्रचलनमा ल्याइने नेपालका तराई क्षेत्रमा नेपाली मुद्रा लागू गरेका थिए । उनलाई राजा महेन्द्रले गभर्नरमा नियुक्त गरेका थिए । ...

Read More
  • EBL Ad news