नेपाल बीमा प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएको भन्दै १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले ३ वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई चेतावनी दिएको हो ।
तोकिएको समय भित्र वित्तीय विवरण नबुझाउनेमा जीवन बीमा तर्फ गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, ६ निर्जीवन बीमा तर्फ कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।
यस्तै हिमालयन रिइन्स्योरेन्सलाई पनि प्राधिकरणले वित्तीय विवरण नबुझाएको भन्दै चेतावनी दिएको छ ।







