काठमाडौँ / मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि बृद्धि बीमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।
यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४०५ रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००५ रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यतिmले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।