राष्ट्र बैंकले २१ अर्ब १० करोडको ऋणपत्र जारी गर्दै


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले २१ अर्ब १० करोडको ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ। 

राष्ट्र बैंकले विभिन्न चार अवधिको ट्रेजरी विल्स जारी गर्न लागेको हो। 

२८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिनको पाँच अर्ब बराबरको ऋणपत्र नविकरण गर्न लागेको हो। 

त्यस्तै, तीन सय ६४ दिने अवधिको ६ अर्ब रूपैयाँ बराबरको नयाँ ऋणपत्र जारी गर्न लागेको हो। 

सोमबार यसको लागि बोलकबोल खुला हुने र मंगलबार जारी गरिने छ। 

बैंक तथा वित्तीय संस्था लगायतले यसमा आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउँन ट्रेजरी विल्स जारी गरेको हुन्छ।

Read More
  • EBL Ad news