काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेकोे हो ।
श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाइ दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका छन ।
बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गराएको छ ।