काठमाडौं । नेपाल राष्ट्र बैंक माघ १२ गते ५ अर्ब बराबरको ७ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत ५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो माघ १९ गते परिपक्व हुने गरी ५ अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।