काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो ।
बैंकले ९१ दिनको लागि ३ अर्ब ६० रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । ३६४ दिनको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने सो ३६४ दिनको ट्रेजरी विल नयाँ जारी गर्ने लागेको हो ।
उक्त ट्रेजरी विल ९१ दिनको आगामी बैशाख १२ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी माघ ९ गते परिपक्क हुनेछ ।यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।