ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता, उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट ब्याज अनुदान पाइने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता, उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट ब्याज अनुदान पाइने

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र धादिङको नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन लगायत अन्य लघु उद्ययमहरु गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 

Read More
  • EBL Ad news