राष्ट्र बैंकद्वारा सुपरिवेक्षकीय सूचना प्रणालीबारे थप निर्देशन जारी


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा सुपरिवेक्षकीय सूचना प्रणालीबारे थप निर्देशन जारी

नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस प्रणाली) कार्यान्वयनको लागि थप निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले यस प्रणाली मार्फत कार्य गर्न गराउन आज मंगलबार 'क', 'ख', र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई थप निर्देशन जारी गरेको हो।

जस अनुसार अब बैंक तथा वित्तीय संस्थाले  दैनिक तरलता विवरण (NRB01 Daily Liquidity) अर्को कार्यदिनको मध्याह्न १२:०० बजेसम्म र अन्तर बैंक कारोबारको विवरण ( NRB02 Interbank Transactions) कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत यस बैंकमा पठाउनु पर्नेछ ।त्यस्तै २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। entity details or profiles सम्बन्धी विवरणहरु सोही अनुसूचीमा तोकिएको अवधिभित्र सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्नुपर्ने ब्यबस्था गरेको राष्ट्र बैंकले जनाएको छ। 

Read More
  • EBL Ad news