मुक्तिनाथ विकास बैङ्कको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’: दिगो विकासमा टेवा पुग्ने विश्वास


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैङ्कको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’: दिगो विकासमा टेवा पुग्ने विश्वास

काठमाडौँ / मुक्तिनाथ विकास बैङ्क लिमिटेडले ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । १६ औँ वर्ष  पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै बैङ्कले उक्त अभियान सञ्चालन गरेको हो । 

सो अभियान अन्तर्गत बैङ्कले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरू छनौट गरी आवश्यकता अनुसार थोपा सिँचाई करेसाबारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ । दैनिकरूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैङ्कले यो अभियानको सुरुवात गरेको हो । 

Read More
  • MBL