सन्राइज बैंक र लक्ष्मी बैंकबीच मर्जको सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सन्राइज बैंक र लक्ष्मी बैंकबीच मर्जको सम्झौता

सन्राइज बैंक लिमिटेड तथा लक्ष्मी बैंक लिमिटेडको संचालक समितिहरुको बैठकको निर्णयानुसार सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड बीच गाभ्ने गाभिने (Merger) कार्यका लागि आज मिति २०७९ पौष २५ गतेका दिन नक्साल स्थित होटल मेरियटमा दुबै संस्थाका अध्यक्षज्यूहरुबाट प्रारम्भिक समझदारीपत्र (MEMORANDUM OF UNDERSTANDING (MOU) मा हस्ताक्षर सम्पन्न भयो ।

दुबै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिमको शेयर अनुपात कायम हुने र प्राविधिक रुपमा एकिकरणको प्रक्रिया छिटो छरितो गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन तथा बैंङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ अन्तर्गत (Merger) को मार्ग अवलम्वन गर्न दुवै पक्ष सहमत भएको छ ।

सन्राइज बैंक लिमिटेडको चुक्ता पूँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी करिब रु. ११ अर्ब ५५ करोड रहेको छ । 

गत मङ्सीर मसान्तको वित्तिय विवरण अनुसार सन्राइज बैंक लिमिटेडको कूल निक्ष्ोप रु. १३२.३१ अर्ब, कर्जा रु. १२२.५३ अर्ब रहेको र बैंकको शाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ्ग सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ्ग सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

दुबै संस्था एक आपसमा गाभिए पश्चात बैंकको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको संख्या २७, शाखा रहित बैंकिङ्ग सेवाको संख्या १६१ र एटिएमको संख्या ३३७ पुग्ने छ भने बैंकको कूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्ने देखिन्छ भने दुबै संस्था एक आपसमा गाभिए पश्चात नेपाल राष्ट्र बैंकले लिएको लक्ष अनुरुप वाणिज्य बैंकहरुको संख्या घटन गई बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति अझ सवल हुन गई सबै पक्षलाई लाभदायक हुनेमा दुवै बैंक विश्वस्त छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad