लक्ष्मी र सनराइज बैंक बिच मर्जरको लागि ४ बजे एमओयू हुँदै


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी र सनराइज बैंक बिच मर्जरको लागि ४ बजे एमओयू हुँदै

काठमाडौं । लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्जरमा जानका लागि आज (सोमबार) समझदारी पत्रमा हस्ताक्षर हुँदै छ । लक्ष्मी बैंक स्रोतका अनुसार अपराह्न ४ बजे काठमाडौँको मेरियट होटेलमा एक समारोह बिच समझदारी पत्रमा हस्ताक्षर हुने तयारी रहेको छ ।

यसअघि नै दुवै बैंकका सञ्चालकहरू बिच भएको पटक/पटकको छलफल र बैठकले लक्ष्मी र सनराइज बैंकको स्वाप रेसियो १ः१ अनुपातमा हुने तय गरिसकेको छ। मर्जर सम्पन्न भएपछि नयाँ बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने पनि सहमति जुटिसकेको स्रोतको भनाइ छ ।

यी दुई बैंक मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढी हुनेछ । हाल  सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । त्यसै गरी लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रहेको छ। 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad