ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि, बन्यो देशकै ठूलो बैङ्क


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि, बन्यो देशकै ठूलो बैङ्क

काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डूबीच मर्जरप्रश्चात पुस २५ गतेदेखि एकिकृत कारोबार शुरू भएको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्लोबल आइएमइ बैङ्क र बैङ्क अफ काठमाण्डूको ‘एकीकृत कारोबार’ शुभारम्भ समारोहको उद्घाटन गरेका थिए । 

मर्जरप्रश्चात ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । संयुक्त कारोबार प्रयोजनका लागि बैङ्क अफ काठमाण्डूको पुस २२ गतेदेखि २४ गतेसम्म बैङ्किङ कारोबार पनि बन्द भएको थियो । बैङ्क अफ काठमाण्डूको डेटा माइग्रेसनका लागि दुई दिन बैङ्किङ कारोबार नै बन्द गरेको थियो । 

मर्जरको अवसरमा दुई बैरूकले संयुक्तरूपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजनासमे गरेका थिए । यसअघि दुवै बैङ्कका साधारणसभाबाट ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैङ्कबाटसमेत अन्तिम स्वीकृती प्राप्त भइसकेको थियो। 

Read More
  • EBL Ad news