२ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
२ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब १० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे २ अर्ब १० कराेड रूपैयाँ बराबरकाे रकम  ३६६ दिनकाे अवधिका लागि (२०७९ साल माघ ४ गतेदेखि २०८० साल माघ ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । बैंकले क वर्गका वाणिज्य बैंकहरूमा एक अर्ब ६८ कराेड रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा ३१ कराेड ५० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा १० कराेड ५० लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।

Read More
  • EBL Ad news