ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्त रुपमा देशव्यापी प्रभातफेरिको आयोजना


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्त रुपमा देशव्यापी प्रभातफेरिको आयोजना

ग्लोबल आइएमई बैंक(GBIME) र बैंक अफ काठमाण्डू(BOKL)ले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् ।


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू यहीँ पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् ।

प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।

Read More
  • EBL Ad news