काठमाडौँ / मुक्तिनाथ विकास बैङ्कले प्रोफेसर डा. भगवान कोईरालासँग सहकार्य गर्ने भएको छ । बैङ्कले १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिनको लागि डा. कोइरालासँग सहकार्य गर्ने भएको हो ।
बैङ्कले डा. कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था काठमाडौँ इन्सिच्युट अफ चाइल्ड हेल्थसँग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ । बैङ्कको तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. कोइरालाले हस्ताक्षर गरेको उक्त सम्झौताबमोजिम झापा जिल्ला दमकस्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैङ्कले ५ लाख रुपैयाँ सहयोग गर्नेछ ।









