ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार

२२ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएको हो ।

Read More
  • EBL Ad news