मुक्तिनाथ विकास बैंकले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड नामको सहकारी दर्ता पक्रिया अगाडी बढाएको छ। बैंकले नवलपरासी जिल्लाको हुम्सेकोटमा आम जनभेला गर्दै तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाएको हो ।
स्थानिय समाजसेवी ओम घर्ति मगरको सहजिकरणमा कृषक टोप बहादुर सेनको अध्यक्षतामा आम जनभेला गरिएको बैंकले जनाएको छ। बैंकले ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी, घरघर रोजगारीको नारा लगाउँदै बहुउद्देश्यीय कृषि सहकारी सञ्चालन गर्ने भएको हो। सहकारी मार्फत स्थानिय सर्वसाधरणमा उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने बैंकको अभियान रहेको छ।








