काठमाडौं । ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकालले बैंक छोडने भएका छन् । उनले उद्यमी चन्द्रप्रसाद ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ढकाल ग्लोबल आइएमई बैंक छोडेर मेगा बैंकमा जाने भएका हुन् ।
योसँगै उनले मेगा बैंकमा आइतबारदेखि कायम थालनी गर्ने गरि ग्लोबल आइएमई बैंकबाट आफ्नो पदबाट राजिनामा समेत दिएका छन् । ढकालले प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र महेश ढकाललाई मिलाउन नसकेपछि ग्लोबल बैंकबाट उनी बहिरिएका हुन् ।