काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तोकिएको छ । यी दुबैं बैंकले मर्जर गरेपछि एकिकृत कारोबारको पुस २५ गतेदेखि हुने भएको हो ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक हुने भएको छ । सो नामबाट बैंकको एकिकृत कारोबार पुस २५ गतेदेखि गर्ने बैंकले जनाएको छ । यी दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २२, २३ र २४ गते बैंक अफ काठमाडूका सम्पुर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द हुने समेत जानकारी गराएको छ ।