आज दिउँसो पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
आज दिउँसो पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ  । राष्ट्र बैंकले आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्न लागेको हो  ।

राष्ट्र बैंकले समसामियक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सञ्चारकर्मीहरुलाई पत्राचार गरेको छ । विरलै पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकले अचानक पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ  ।

आज बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए  । छलफलमा प्रधनामन्त्री प्रचण्डले  अर्थतन्त्रको अवस्था, र  बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन दिएका थिए ।  निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका थिए। उनीहरुले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षपछि धकेल्न माग गर्दै आएका थिए  ।

Read More
  • EBL Ad news