काठमाडौँ । मर्जरमा जान बाँकी बैंकहरुमध्ये सबैभन्दा कमजोर र सबैभन्दा विवादित बैंक सनराइज बैंकलाई अन्तत: लक्ष्मी बैंकसँग मर्जरमा जाने भएको छ । यसअघि एभरेष्ट बैंकसँग मर्जरमा जानेबारे छलफल भए पनि एभरेष्टले बिकास बैंकजति पनि नगनेपछि सनराइज बैंक सो प्रक्रियाबाट टाढिएको थियो । आउँदो साता दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज पछिल्लो समय सबैभन्दा बढी विवादमा फसेको बैंक हो । अझ त्यसमाथि पनि बैंकका ब्राण्ड मेनेजरले बेष्ट ब्राण्डको अवार्ड थापेपछि बैंकका कर्मचारीहरु आफैं लज्जित भएको महसुस गरिरहेका थिए । बित्तिय विवरणमा पनि लगानीकर्तालाई झुक्याएको, सेयरधनी नै जिल्लाराम हुनेगरी ढुकुटी नै सक्काएको लगायतका कारण विवादको भूमरीमा परेको यो बैंकलाई अन्तत: लक्ष्मी बैंकले आफुसँग मर्जरमा लैजाने भएपछि सनराइजकर्मीहरु पनि दङ्ग भएका छन् ।









