ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । 

सोमबार बैंकमा आयोजित एक  कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेको हो । 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् । 

उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे । 

Read More
  • EBL Ad news