भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर सेवा सञ्चालनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरि मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ । 

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो ।

उक्त क्यु.आर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण केसी मार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

Read More
  • MBL