प्रभु बैंकले सेञ्चुरीलाई गाभ्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकले सेञ्चुरीलाई गाभ्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

प्रभु बैंकले सेञ्चुरी कमर्शियल बैंकलाई गाभ्न स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंकलाई सेञ्चुरी बैंक गाभ्न स्वीकृति प्रदान गरेकाे राष्ट्र बैंकका एक सञ्चालकले बताए।

 

प्रभु बैंक र सेञ्चुरी बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित गरिसकेका छन्। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ अनुपातमा एक्वायर गर्न लागेको हो।

सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। यसै कारण यी दुई बैंकले पुस अघिनै एकिकृत कारोबार गर्ने तयारी गरेका छन्।

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad