राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो । 

बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र ९१ दिने ट्रेजरीको क्रमशः ५ अर्ब र ७ अर्ब ७५ करोड नयाँ बिक्री हुनेछ । 

Read More
  • EBL Ad news