ग्लोबल आइएमई बैंक छाड्दै महेश ढकाल, पुरानै बैंकमा फर्किने तयारी


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक छाड्दै महेश ढकाल, पुरानै बैंकमा फर्किने तयारी

नेपालकै ठुलो कमर्शियल बैंक ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सीइओबाट महेश ढकाल बाहिरिने भएका छन्। बैंकमा स्वेच्छिक अवकास योजनाका लागि आबेदन दिएसँगै ढकालले ग्लोबल आइएमई बैंक छाड्ने बजार चर्चा चलेको हो। 

ढकालले ग्लोबल आइएमई बैंक छाडेर यस अगाडी उनि आफैं रहेको मेगा बैंकमा फर्किने तयारी गरेको स्रोतले जनाएको छ। मेगा बैंकले तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गर्दा ढकाल टुरिजममा प्रमुख कार्यकारी अधिकृत थिए। र मर्ज तथा प्राप्ति पश्चात ढकाल मेगा बैंकमा नै डेपुटी सीइओ थिए र पछि ग्लोबल आइएमई बैंकमा आएका हुन्। 

Read More
  • EBL Ad news