काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ४ करोड ३ लाख रुपैयाँ तलव भत्ता दिएको छ । बैकले सीईओ अशोक शेरचनलाई वार्षिक ४ करोड ३ लाख २० हजार रुपैयाँ भुत्तानी गरेको हो ।
सीईओ शेरचनले आर्थिक वर्ष २०७७र७८ मा तलव भत्ता वापत ३ करोड ३ लाख ३ हजार, कर्मचारी बोनस वापत ५६ लाख ९४ हजार र दशै तथा बिदा भत्ता वापत ४३ लाख ३२ हजार रुपैयाँ लिएका छन् ।
साथै, सो अवधिमा बैंकले अन्य सुविधामा सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन उपलब्ध गराएको छ । त्यस्तै, सीईओ लगायत बैंकका सम्पूण कर्मचारीहरुलाई बैंकको नियमानुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरेको छ । साथै निजहरुका आश्रित परिवारका लागि समेत औषधोपचार बीमाको व्यवस्था समेत बैंकले गरेको छ । सीईओ लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरुलाई नियमानुसार मोवाइल फोनको भुक्तानी गर्नेव्यवस्था रहेको बैंकले जनाएको छ ।









