नेपालको वित्तीय साक्षरता (फाइनान्सियल लिट्रेसी) ६० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको एक सर्वेक्षणले नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको देखाएको हो । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिको स्थिति क्रमशः ४७.३ प्रतिशत, ६३.५ प्रतिशत र ६२.९ प्रतिशत रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तीन वटै आयामहरूमा न्यूनतम् अङ्क प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अङ्क प्राप्त गरेका छन् ।