नयाँ लगानी निर्देशिकाले बीमा कम्पनीलाई लगानीमा अंकुश लगायो कि सहजीकरण गर्यो ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ लगानी निर्देशिकाले बीमा कम्पनीलाई लगानीमा अंकुश लगायो कि सहजीकरण गर्यो ?

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागे लगानी सम्बन्धि नयाँ निर्देशिका जारी गरेका छ । झट्ट हेर्दा बीमक(कम्पनीहरु) ले गर्ने लगानीमा विविधिकरण गरेको जस्तो देखिएपनि वास्तवमा थप संकुचित हुने व्यवस्था ल्याईएको हो कि भन्ने आशंका पनि पढेको छ। 

 यो भन्दा अगाडी बीमकको लगानी निर्देशन अनुसार कम्पनीहरुले स्वीकृति लिएर कुनै पनि क्षेत्रमा लगानी गर्ने व्यवस्था थियो। प्राधिकरणले बीमा व्यवासायको प्रकृतिअनुसारका बीमा कम्पनीका लागि छट्टाछुट्टै जारी गरेको लगानी निर्देशिकामा अब भने तोकेको क्षेत्र भन्दा बाहिर लगानी गर्न नसकीने उल्लेख गरिएको छ। 

प्राधिकरणद्धारा जीवन, निर्जीवन र पुर्नबीमा कम्पनीको लागि जारी छुट्टाछुट्टै जारी गरिएको निर्देशिका नं. १.८ मा लगानी गर्न नपाईने सम्बन्धि व्यवस्था गरेको छ। जसमा ‘बीमकले यस निर्देशिकामा उल्लेख भएको क्षेत्र तथा सीमाभन्दा बढी हुने गरि लगानी गर्न पाउने छैन।’ भनि उल्लेख गरेको छ। उक्त निर्देशनले प्राधिकरण नियामक भन्दा पनि नियन्त्रण हाबी भएको कतिपयको बुझाई छ।

Read More
  • MBL - below news