काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झोता अनुसार, बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।