ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभामा हुन गईरहेको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनको लागि बैंकले मतदाता नामावली प्रकाशन गरेको छ । बैंकले निर्वाचनको प्रयोजनका लागि बैंकको निर्वाचन कार्यविधिको दफा ६ बमोजिम यो मतदाताको पहिलो नामवाली बैंकले बिहान १० बजे प्रकाशन गरेको हो । बैंकले मतदाताको पहिलो नामवाली उपत्यकाको हकमा बैंकको केन्द्रीय कार्यालय र उपत्यका बहिरको हकमा बैंकको शाखा कार्यालयहरु मार्फत प्रकाशित गरिएको हो ।