बीमकको लागि लगानी निर्देशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा पनि लगानी गर्न सकिने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमकको लागि लगानी निर्देशिका संशोधन, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा पनि लगानी गर्न सकिने

नेपाल बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका २०७५ लाई संशोधन गरेको छ । प्राधिकरणले बीमकको लगानी निर्देशिका २०७५ लाई संशोधन गर्दै जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीको अलग अलग एकिकृत लगानी निर्देशिका २०७९ लागू गरेको हो ।

बीमा कम्पनीहरुका लागि लगानीको क्षेत्रलाई थप विविधिकरण गराउन बीमकको लगानी निर्देशिका संशोधन गर्नुपरेको बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुको लागिको लगानी निर्देशिका जारी गर्दै ११ क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था गरेको छ । यस्तै लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीको लागि भने ८/८ वटा लगानीको क्षेत्र निर्धारण गरेको छ ।

 

निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले नेपाल सरकार प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कुल लगानीको कम्पनीमा २५ प्रतिशत सम्म लगानी गर्न सकिनेछ । यस्तै निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीहरुको लागि भने न्युनतम २० प्रतिशत लगानी यस्तो क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

उक्त सीमा अनुरुप लगानी गर्न नसक्ने अवस्था आएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बैंक वा पूर्वधार विकासको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

लगानी निर्देशिका अनुसार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुले राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क' वर्गको विकास बैंक वा पूर्वधार विकासको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशत, 'ख' वर्गको विकास बैंकमा १० प्रतिशत, 'ग' वर्गको बैंक तथा वित्तीय संस्थामा कुल लगानीको बढीमा ५ प्रतिशत सम्म लगानी गर्न सकिनेछ ।

यस्ता बैंक तथा वित्तीय संस्था न्युनतम ५ वर्षसम्म सञ्चालनमा आएर नियमित लेखापरिक्षण गराई कम्तीमा तीन वर्षसम्म नाफामा रहेको हुनुपर्ने व्यवस्था छ ।

Read More
  • MBL - below news