शोधनान्तर स्थिति बचतमा, चालू खाता घाटा थप १ अर्बले बढ्यो


  • KBL News Ad
  • ADBL
  • City Express
शोधनान्तर स्थिति बचतमा, चालू खाता घाटा थप १ अर्बले बढ्यो

 

कात्तिक महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ४ महिनाको (साउन–कात्तिक) वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । 

१४ महिनापछि अघिल्लो महिना बचतमा देखिएको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । तर यता समीक्षा अवधिमा मुलुकको चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।

Read More
  • EBL Ad news