काठमाडौं / समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक बिधालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको हो ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले ३ महिनाको मुद्दती निक्षेपमा सर्वाधिक १३ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।








