ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जरको अन्तिम स्वीकृतिका लागि निवेदन पेस


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जरको अन्तिम स्वीकृतिका लागि निवेदन पेस

 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका छन् ।

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि  २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । 

Read More
  • EBL Ad news