सेन्ट्रल फाईनान्स लिमिटेडको विरगञ्ज शाखा सञ्चालनमा, विराटनगर र रौतहटमा पनि तयारी


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सेन्ट्रल फाईनान्स लिमिटेडको विरगञ्ज शाखा सञ्चालनमा, विराटनगर र रौतहटमा पनि तयारी

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले पर्साको विरगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विरगञ्ज महानगरपालिकाको वडा नं. ८ लिङ्क रोडमा  बुधबारबाट संस्थाको १७ औं शाखाको रुपमा  विरगञ्ज शाखा सञ्चालनमा ल्याएको सेन्ट्रल फाईनान्सले जनाएको  छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि  बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थान स्थित केन्द्रीय कार्यालय रहेको छ । 

संस्थाको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको  ईटहरी, झापाको बिर्तामोड गरी १६ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । 

Read More
  • EBL