नेपाल राष्ट्र बैंकले आज २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार जारी गर्ने गरी तीन वर्षे विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको हो । सूचना अनुसार आज दिउँसो अपरान्ह २ बजे ऋणपत्रको बोलकबोल हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत तय गरिनेछ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धीका लागि कुल रकमको ८५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र विनाप्रतिस्पर्धीका लागि बाँकी १५ प्रतिशतले अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।