सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।
बैंककाे हिजाे (मंसिर २५ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।









