हिमालयन बैङ्क र क्लियरिङ्ग हाउसबीच सम्झौता, सेल्सबेरीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्न सकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैङ्क र क्लियरिङ्ग हाउसबीच सम्झौता, सेल्सबेरीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बैङ्कले नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवद्र्घित नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्थाको लागि नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको हो । 

बैङ्क र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरूले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा एचआई–एमबि मोबाइल बैङ्किङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपाल पे क्यूआर सुबिधा भएको मोबाइल बैङ्किङ्गबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् । 

Read More
  • MBL - below news
  • EBL Ad news